निषेधाज्ञाका बीच बजार अनुगमन जारी, सस्तो हुँदै तरकारी र फलफूल

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच पछिल्लो समय बजार अुनगमन बढेसँगै दैनिक प्रयोग हुने तरकारी तथा फलफूलको मुल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबार सस्तो भएको तरकारी र फलफूलको मूल्य सूची सार्वजनिक गरी सर्वसाधारणलाई जानकारी दिएको छ ।
समितिका अनुसार रातो आलु प्रतिकिलो ३६ रुपैयाँ ५० पैसा कायम भई कारोबार भएको छ । त्यसैगरी लोकल काक्रो प्रतिकिलो ४५ रुपैयाँ, कागती २ सय १० रुपैयाँ, खुर्सानी सुकेको ३ सय ३० रुपैयाँ कायम भई कारोबार भइरहेको समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले जनाएका छन् ।
सर्वसाधारणको मागलाई ध्यान दिँदै तरकारी तथा फलफूल जस्ता खाद्य वस्तु बिक्री वितरण गर्न कालिमाटी फलफूल तथा तरकारी व्यवसायी समितिले मनोमानी गर्न पाउने छैनन् । जसअनुसार फलफूलमा हरियो अंगुरको मूल्य प्रतिकेजी २ सय २५ रुपैयाँ, अम्बा १ सय ९५ रुपैयाँ कायम भई कारोबार भइरहेको छ । दुई दिन पानी परेकाले उत्पादनमा राहत भएकाले मूल्य सूची सार्वजनिक गरी सहजकता ल्याएको समितिका निर्देशक भट्टराईले दाबी गरे ।
अहिले कालिमाटी तरकारी बजारमा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको छ । बोडी, सिमी, घिरौला, लौकालगायत सिजन तरकारीहरू नेपालमा उत्पादन भई आएका छन् भने भारतबाट माछा, कागती, आलु र प्याज आउने गरेका छन् । समितिले स्थानीय तहसँगको समन्वयनमा जुनसुकै समयमा कालिमाटीमा तरकारी ल्याउन सक्ने व्यवस्था मिलाएको छ । निषेधाज्ञा सुरु भए पनि बजारमा तरकारी तथा फलफूलको मूल्य बढी नहाल्ने सरकारले जनाएको छ ।
यसैबीच सरकारले कोभिड–१९ रोकथामका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि उपत्यकाको ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारको कारोबारमा समेत गिरावट आएको छ । निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक झण्डै ९ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको कालिमाटीमा अहिले ४ देखि ५ सय मेट्रिक टन मात्रै तरकारी आउने गरेको छ ।
याे पनि पढ्नुहाेस्
लकडाउनमा खाद्यान्नको मूल्यवृद्धि स्वभाविक, तर अनुगमनमा शंका नगरौं










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया