कानूनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं। सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न चारवटा समितिका बैठक बस्दैछन् । बुधबार कानून, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो ।
बैठकहरू बिहान १० देखि १ बजेको समयमा सिंहदरबारस्थित समितिका आआफ्नै कक्षमा बस्नेछन् ।कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक– २०८१ को सम्बन्धमा नेपाल कानून आयोगसँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक– २०८१ को सम्बन्धमा संशोधनकर्ता सांसद सदस्यसँग छलफल हुनेछ ।
यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन– २०८२ को मस्यौदामाथि सुझाव सङ्कलन, समितिको कर्णाली प्रदेशको स्थलगत अनुगमन भ्रमण प्रतिवेदनमाथि छलफल र पारित गर्ने तथा सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको हालसम्मको प्राप्त विवरण सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीति अध्ययन उपसमितिले राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन समिति समक्ष पेश गर्ने, राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्ययोजना कार्यान्वयनको अवस्था र समितिको कामकारबाहीको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया