गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित

युरोपेली युनियन (इयु) का परराष्ट्र मन्त्रीहरूले मंगलबार गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य राष्ट्रहरूबीचको मतभेदका कारण कुनै ठोस निर्णय लिन सकिने सम्भावना कम देखिएको छ । इयु विदेश नीति प्रमुख काया काल्लासले इजरायलले मानवअधिकारसम्बन्धी द्विपक्षीय सम्झौताको उल्लंघन गरेको निष्कर्षपछि १० बुँदे सम्भावित उपाय प्रस्ताव गरे ।
ती उपायमा सम्पूर्ण सम्झौता स्थगन, व्यापार सम्बन्ध सीमित गर्ने, इजरायली मन्त्रीहरूलाई प्रतिबन्ध लगाउने, हतियार प्रतिबन्ध तथा भिसा–मुक्त यात्रा रोकिने जस्ता विकल्पहरू समावेश छन् । तर गाजामा भइरहेको विनाशप्रति बढ्दो असन्तुष्टिका बीच पनि इयु सदस्य राष्ट्रहरू इजरायलप्रति अपनाउने नीति विषयमा विभाजित छन् । कूटनीतिज्ञका अनुसार कुनै पनि निर्णय पारित गर्न आवश्यक पर्याप्त समर्थन जुट्न सकेको छैन । काल्लासले परराष्ट्र मन्त्रीहरूको बैठक अघि भन्नुभयो,“वार्ताको दिशा म भविष्यवाणी गर्न सक्दिनँ । तर हाम्रो ध्यान अहिले मानवीय अवस्थाको सुधारमा केन्द्रित हुनेछ ।”
गाजाको मानवीय अवस्था र हालैको सम्झौता
उक्त टिप्पणी काल्लासले इजरायली परराष्ट्र मन्त्री गिडेओन सारसँग गत बिहीबार गरेको सहमतिपछि आएको हो, जसअनुसार गाजामा थप प्रवेश विन्दु खोल्ने र खाद्यान्न आपूर्ति बढाउने निर्णय गरिएको थियो । गाजामा करिब २० लाख बासिन्दा युद्धका कारण अत्यन्तै कठिन मानवीय परिस्थितिको सामना गरिरहेका छन् । इजरायलले हमासविरुद्धको युद्धको क्रममा मानवीय सहायता अत्यधिक सीमित पारेको छ । “सीमा नाका खुल्दै गरेको, बिजुली पुनः जडान हुँदै गरेको, पानी आपूर्ति र थप मानवीय सहायता पु¥याउने प्रयासहरूमा केही सकारात्मक संकेत देखिएका छन्,” काल्लासले सोमबार बताउनुभयो । तर उनले थपे,“वास्तविक सुधार देखिन अझ धेरै प्रगति आवश्यक छ ।”
पछिल्ला तथ्याङ्क र द्वन्द्वको पृष्ठभूमि
युद्धको सुरुवात सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा भएको आक्रमणपछि भएको थियो, जसमा एक हजार २१९ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश सर्वसाधारण थिए । हमासले अपहरण गरेका २५१ मध्ये ४९ जना अझै गाजामा छन्, जसमा २७ जनालाई इजरायली सेनाले मृत घोषणा गरिसकेको छ । गाजाको हमास–प्रशासित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ५८ हजार ३८६ भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ, जसमध्ये धेरैजसो सर्वसाधारण रहेको संयुक्त राष्ट्रसंघले विश्वसनीय ठानेको छ ।










सुनको मूल्य तोलामा दुई हजारले घट्यो
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ
मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया