कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, यी पक्षमा हुँदैछ निर्णय
मेरोन्यूज
२०७८ वैशाख २६ गते १३:४५

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले समितिको बैठक बोलाएका थिए ।
नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा सोमबार बस्ने प्रतिनिधिसभाको बैठक सञ्चालनबारे छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

बैठकले कोरोना भाइरस (कोभिड–१९) संक्रमित सांसदहरू तथा पिसिआर परीक्षण नगरेका सदस्यहरूलाई कसरी उपस्थिति र मतदान गराउने भन्नेबारे निर्णय गर्ने छ ।
संसद सचिवालयका अनुसार २६ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसदबाट विश्वासको मत लिने भएका छन् ।
सम्बन्धित
















दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया