सोमबार, वैशाख २१, २०८३

जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीमा

मेरोन्यूज २०८२ असार ३२ गते १२:४०

काठमाडौँ । जेडटीई कर्पोरेसनले आफ्ना ३ मोडेलका स्मार्टफोनहरूमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी योजना ल्याएको छ। यो योजनाअनुसार प्रयोगकर्ताहरूले अत्याधुनिक सुविधायुक्त जेडटीई भी७० म्याक्स र प्रिमियम जेडटीई भी७० डिजाइन मोडेलका स्मार्टफोनहरू ६ महिनाको सहज मासिक किस्तामा खरिद गर्न सक्नेछन्।

Advertisement
NiccNicc

यस किस्ताबन्दी योजनाअन्तर्गत इच्छुक खरिदकर्ताले केवल आफ्नो नेपाली नागरिकता प्रमाणपत्रको भरमा नयाँ स्मार्टफोन किन्न सक्नेछन्। यसबाहेक यसमा कुनै जटिल कागजी प्रक्रिया नरहेको र ब्याज पनि नलाग्ने कम्पनिले जानकारी दिएको छ।

प्रयोगकर्ताहरूलाई सरल र सहज किनमेल अनुभव प्रदान गर्ने उद्देश्यले जगदम्बा हायर पर्चेजसँगको साझेदारीमा जेडटीईले यस विशेष योजना सार्वजनिक गरेको हो।

शून्य प्रतिशत ब्याजदर किस्ताबन्दी योजनाअनुसार १५,९९९ मूल्य रहेको भी७० म्याक्स (६+१२८ जिबी) स्मार्टफोन मोडेल खरिद गर्न चाहनेले रूपैयाँ ६ हजार ४०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक १,६०० किस्तामा तिर्न सकिन्छ।

यस्तै, १६,९९९ मूल्य रहेको भी७० डिजाइन (८+१२८ जिबी) मोडेलका लागि प्रयोगकर्ताले ६,८०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक १,७०० किस्तामा तिर्न सकिन्छ।

अलि बढी स्टोरेज क्षमता भएको फोन खोजिरहेका प्रयोगकर्ताका लागि १८,९९९ मूल्यको भी७० डिजाइन (८+२५६ जिबी) स्मार्टफोन मोडेल खरिद गर्दा रूपैयाँ ७,६०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम मासिक १,९०० किस्तामा ६ महिनासम्म तिर्न सकिन्छ।

प्रतिक्रिया