सेयर बजार ३४ अंकले बढ्याे, काराेबार रकम १४ अर्ब

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६१ अंकले बढेर दुई हजार ७९४ दशमलव ७८ को विन्दुमा कायम भएको छ ।
आज तीन सय ३० कम्पनीको चार करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर ९९ हजार ५०५ पटक खरिदबिक्री हुँदा रु १४ अर्ब तीन करोड ४८ लाख ३९ हजार ८८० बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा व्यापार समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह तीन दशमलव ८६ प्रतिशतले बढेको छ । बैंकिङ एक दशमलव ५९, वित्त शून्य दशमलव ७५, होटल तथा पर्यटन शून्य दशमलव ५९, जलविद्युत् एक दशमलव २८ र लगानी शून्य दशमलव ५२ प्रतिशतले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ३९, लघुवित्त एक दशमलव ८५, म्युचुअल फण्ड एक दशमलव ५८, निर्जीवन बिमा एक दशमलव ८५ र अन्य समूह शून्य दशमलव ३३ प्रतिशतले बढेको छ ।
आजको कारोबारका एक सय ९३ कम्पनीको शेयर मूल्य बढ्दा ५५ वटाको घटेको छ । केबिएल डिबेञ्चर-२०९० र थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ८७ प्रतिशतले घटेको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया