कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ

दक्षिण कोरियामा एक शिक्षक र एक माध्यमिक तह अध्ययन गर्ने विद्यार्थीको अविभावक (आमा) लाई परीक्षाको प्रश्नपत्र चोरी गर्न विद्यालयमा प्रवेश गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ ।
उनीहरूलाई राजधानी सियोलबाट करिब २७० किलोमिटर दक्षिणमा अन्डोङको एक उच्च विद्यालयमा प्रवेश गरेको आरोप लगाइएको छ । जुलाई ४ मा परीक्षाको प्रश्नपत्र चोरी गर्ने प्रयासपछि उनीहरूको गिरफ्तारी गरिएको प्रशासनले जनाएको छ ।
शिक्षिका र आमाले अपराध स्वीकार गरेको अन्डोङ प्रहरी स्टेसनका एकजना जासुसले नाम सार्वजनिक नगर्ने सर्तमा बताएका छन् ।
गत वर्षको फेब्रअरीसम्म कार्यरत रहेको उक्त विद्यालयमा काम गर्दा ती शिक्षिका विद्यार्थीको कक्षा शिक्षिका रहेको अधिकारीहरूले बताएका छन् ।
प्रहरीले उनीहरूले विगतमा यस्तै चोरी गरेको हुन सक्ने आशङ्का गरेको छ, जसले विद्यार्थीलाई शैक्षिक रूपमा मद्दत गरी शिक्षिका र अविभावकबीच पैसाको लेनदेन भएको थियो ।
उनीहरूले आरोपितले पढाउँदै गरेको विषय मात्र नभई धेरै विषयहरूमा परीक्षाका कागजात तथा प्रश्न चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
अनुसन्धानकर्ताले एक विद्यालय मर्मत सम्भार कामदारलाई पनि उनीहरूलाई सहयोग गरेको आरोपमा पक्राउ गरिएको बताएका छन् ।
योन्हाप समाचार एजेन्सीका अनुसार सन् २०२३ मा भर्ना भएदेखि नै शीर्ष नम्बर (ग्रेड) कायम राखेको उक्त विद्यार्थीको ग्रेड रद्द गरी उसलाई निष्कासित गरिएको छ ।









एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया