सिरियाको रक्षा मन्त्रालयमा इजरायलको आक्रमण

दमासकस ।इजरायली सेनाले दमासकसस्थित सिरियाली रक्षा मन्त्रालयमा आक्रमण गरेको छ। सिरियाको ड्रुज प्रान्तमा लगातार चौथो दिन लडाइँ भएपछि इजरायलले आक्रमण गरेको हो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ड्रुजहरुको जीवन रक्षा गर्ने र सत्ताका ग्याङलाई त्यहाँबाट हटाउनका लागि आक्रमण गराएको बताएका छन्।
यो आक्रमणबाट कम्तिमा तीन जनाको मृत्यु भएको र ३० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।सिरियाको ड्रुज र आदिवासी बद्दु समूहबीच साम्प्रदायिक हिंसा भड्किएको छ । उनीहरुबिचको संघर्षमा हालसम्म करिब ३०० जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ । यही संघर्षको बीचमा इजरायलले ड्रुजलाई जोगाउन भन्दै आक्रमण गरेको हो ।
इजरायली सेनाका लेफ्टिनेन्ट जनरल एयाल जामिरले आक्रमणपछि भनेका छन्, ‘हामी सिमापार शत्रुहरूको स्थायी उपस्थिति रोक्न, इजरायली नागरिकहरूको रक्षा गर्न र ड्रूज नागरिकहरूलाई क्षति हुन नदिन निर्णायक रूपमा कदम चालिरहेका छौं ।’










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया