करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
मेरोन्यूज
२०८२ साउन १ गते १०:०७

मलङ्गवा (सर्लाही)। लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना६ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा ट्रकका सहचालक रौतहट वृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको हो ।
एघार हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते हुनुभएका उहाँको हरिवनस्थित नमूना अस्पतालमा मृत्यु भएको हो । उक्त दुर्घटनामा ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर रुपमा घाइते हुुनुभएको छ । उहाँहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित















सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया