माधव नेपाल पक्षले आजै राजीनामा नबुझाउने, भोलिसम्म ओलीलाई अल्टीमेटम
नेपालसँग वार्ताका लागि ओलीले खटाए नेम्वाङ र पौडेललाई
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आज सामूहिक राजीनामा नबुझाउने भएका छन् । घरबाटै समूह-समूहमा जुम बैठक गरेका वरिष्ठ नेता माधव नेपाल यतिबेला सिंहदरबारमा पुगेका छन् । उनले त्यहाँ पनि आफूनिकटका सांसदहरुसँग आन्तरिक परामर्श गरिरहेका छन् ।
जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र तटस्थ बस्ने निर्णय गरेपछि ओलीलाई बहुमत नपुग्ने भएपछि राजीनामा के गर्ने भन्ने नयाँ बहसले नेपाल समूहभित्र प्रवेश पाएको छ ।
नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी ओलीको पक्षमा बहुमत नजुट्ने देखेपछि आफ्ना पक्षले आजै राजीनामा नबुझाउने करिब निश्कर्ष निकालेको हो । यद्यपि, भोलिसम्म पनि ओली सहमतिमा आउने र एमालेको एकता जोगाउने तिर नदेखेमा बिहान पहिलो चरणमै राजीनामा बुझाउने बताए ।
प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुले नेपाललाई हस्ताक्षर गरेर राजीनामा भने बुझाइसकेका छन् । सामूहिक राजीनामा नै बुझाउने अन्तिम तयारी गरेपछि प्रधानमन्त्री ओलीले सुवास नेम्वाङ र विष्णु पौडेललाई माधव नेपालसँग वार्ता गर्न दूतका रुपमा पठाएका छन् । दुवै नेताले नेता नेपालसँग सिंहदरबारमा वार्ता गर्ने तयारी गरिरहेका छन् । यो वार्ताको निश्कर्ष के निस्कन्छ भन्ने पनि नेपाल पक्षले हेर्न चाहेको छ ।
‘हामीले त राजीनामामा हस्ताक्षर गरेर माधव नेपाललाई बुझाई सकेका छौँ, अब उहाँले भोलि बिहानसम्मको अवस्था हेर्नुहुन्छ, त्यसपछि निर्णय हुन्छ । आज चाहिँ राजीनामा आउँदैन, ’ नेपाल पक्षका अर्का एक सांसदले भने ।


















दक्षिण फिलिपिन्समा उग्रवादीमाथि कारबाही
दलको नेताबारे छलफल गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै
Minister Dr Timilsina visits Security Printing Center, takes updates on license printing
दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
स्याङ्जामा ६ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया