नेपाल लाइफद्वारा १० अर्ब प्रथम बिमा शुल्क आर्जन गर्दै रेकर्ड कायम
मेरोन्यूज
२०८२ साउन २ गते १०:४९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा १० अर्ब रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गर्दै नेपालको जीवन बिमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीलाई मार्गनिर्देश गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, बिमितहरू, बिमा अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, सेयरधनी, नियामक निकायहरू तथा सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरेका छन्।
नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बिमा बजारलाई दिशानिर्देशसमेत प्रदान गरेको कम्पनीले जनाएको छ। आगामी दिनमा बिमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा कम्पनीको विश्वास छ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया