शुक्रबार, मंसिर १२, २०८२

एनआईसी एसिया बैंकका ग्राहकले ओम हस्पिटलमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने

मेरोन्यूज २०८२ साउन २ गते १६:५२

काठमाडौं । एनआईसी एसिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.बीच बैंकका ग्राहकको स्वास्थ्य उपचार सेवामा छुट उपलब्ध गराउने सम्झौता भएकाे छ ।

एनआईसी एसिया बैंकका ग्राहकले ओम हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट सुविधा पाउने गरी सम्झाैता भएकाे बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनिया जानकारी दिए ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र ओम हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन् ।

याे सुविधाको उपभोग गर्न ग्राहकले एनआईसी एसिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

प्रतिक्रिया