महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिकले दिए राजीनामा

काठमाडौं । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन् । उनले अखिल नेपाल फुटबल संघ एन्फा समक्ष राजीनामा दिएका हुन् । उनको राजीनामा केही दिनअघि आइपुगेको एन्फा स्रोतले जनाएको छ ।
उज्वेकिस्तानमा एसियन कप छनोटका क्रममा एन्फासँग विवाद हुँदा प्रशिक्षक प्याट्रिक नेपाल फर्किएका थिएनन् । उनले एक अन्तर्वार्तामा एन्फासहित सहायक प्रशिक्षक तथा व्यवस्थापकलाई विभिन्न आरोप लगाएका थिए ।
हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ, व्यवस्थापक विन्द्रा देवान र सहायक प्रशिक्षक राजेन्द्र तामाङसहितका टोलीको पत्रकार सम्मेलन गर्दै प्याट्रिकको आरोपलाई खण्डन गरेका थिए ।
प्रो लाइसन्स प्राप्त प्रशिक्षक प्याट्रिक गत जेठ २२ गते नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । एक वर्षका लागि नियुक्त भएपनि विवादका कारण प्याट्रिकले एक महिनामै राजीनामा दिए ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया