महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिकले दिए राजीनामा

काठमाडौं । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन् । उनले अखिल नेपाल फुटबल संघ एन्फा समक्ष राजीनामा दिएका हुन् । उनको राजीनामा केही दिनअघि आइपुगेको एन्फा स्रोतले जनाएको छ ।
उज्वेकिस्तानमा एसियन कप छनोटका क्रममा एन्फासँग विवाद हुँदा प्रशिक्षक प्याट्रिक नेपाल फर्किएका थिएनन् । उनले एक अन्तर्वार्तामा एन्फासहित सहायक प्रशिक्षक तथा व्यवस्थापकलाई विभिन्न आरोप लगाएका थिए ।
हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ, व्यवस्थापक विन्द्रा देवान र सहायक प्रशिक्षक राजेन्द्र तामाङसहितका टोलीको पत्रकार सम्मेलन गर्दै प्याट्रिकको आरोपलाई खण्डन गरेका थिए ।
प्रो लाइसन्स प्राप्त प्रशिक्षक प्याट्रिक गत जेठ २२ गते नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । एक वर्षका लागि नियुक्त भएपनि विवादका कारण प्याट्रिकले एक महिनामै राजीनामा दिए ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया