नेप्सेमा झिनो सुधार, साढे २१ अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अंकको सुधार देखिँदा कारोबार रकम भने करिब साढे २१ अर्ब हाराहारी पुगेको छ ।
आज नेप्से परिसूचक शून्य दशमलव ३२ अंकले बढेर दुई हजार ८७० दशमलव ९५ को बिन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका पाँच करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर एक लाख ७८ हजार १७६ पटक खरिदबिक्री हुँदा रू २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज बैंकिङ समूह एक दशमलव ३८, विकास बैंक शून्य दशमलव ०८, वित्त दुई दशमलव २६, जलविद्युत् शून्य दशमलव ४२, लगानी शून्य दशमलव १६, उत्पादन तथा प्रशोधन एक दशमलव १२, लघुवित्त शून्य दशमलव ०२ र व्यापार समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ । बाँकी सबै समूहको उपसूचक बढेको छ ।
होटल तथा पर्यटन समूह एक दशमलव २४, जीवन बीमा एक दशमलव ४०, म्युचुअल फन्ड शून्य दशमलव २५, निर्जीवन बीमा एक दशमलव ३७ र अन्य समूह तीन दशमलव ३६ प्रतिशतले बढेको छ ।
उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र सान्भी इनर्जी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै समृद्धी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ८८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको रू ९८ करोड ५५ लाख ५२ हजार ९८९ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिटिजन्स सुपर–३० म्युचुअल फन्डको ३१ लाख सात हजार २०० कित्ता शेयर खरिदबिक्री भएको छ ।









स्रोत नखुलेको १० लाखसहित एकजना पक्राउ
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
हुवावेको ‘वाच जीटी ६ सिरिज’ नेपालमा सार्वजनिक
स्वास्थ्यमन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट
कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया