शनिबार, मंसिर ६, २०८२

ईश्वर पोखरेलको दाबी- महासचिवले नै विद्या भण्डारीको सदस्यता नवीकरण भएको भनिसक्नुभयो

मेरोन्यूज २०८२ साउन ४ गते १७:४७

काठमाडाैं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भइसकेको विषय महासचिवले नै भनिसकेको दाबी गरेका छन्।

आइतबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले महासचिव शंकर पोखरेलले एक अन्तर्वार्तामा पूर्वराष्ट्रपतिले सदस्यता नवीकरण गरिसकेको बताएकाे दाबी गरे । ‘उहाँको सदस्यता नवीकरणको विषय त महासचिवले एक अन्तर्वार्तामा भनिसक्नुभएको छ,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने।

च्यासलमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच आज छलफल भएको छ ।

प्रतिक्रिया