यू–१७ महिला टोलीको सहायक प्रशिक्षकमा रितेश मल्ल नियुक्त

काठमाडौं । भुटानमा हुने साफ यू–१७ महिला च्याम्पियनसिप खेल्ने नेपाली टिमको सहायक प्रशिक्षकमा रितेश मल्ल नियुक्त भएका छन् । आइतबार एन्फाले मल्ललाई टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।
प्रतियोगिता आगामी अगष्ट २० देखि ३० सम्म भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुनेछ ।
प्रतियोगितामा नेपालले पहिलो खेल भारतसँग सामना गर्नेछ । प्रतियोगिताको उद्घाटन खेल समेत रहेको यो खेल भदौ ६ गते (अगष्ट २०) हुनेछ ।
त्यसपछि नेपालले भदौ ८ गते (अगष्ट २२) भुटान, भदौ १० गते (अगष्ट २४) बंगलादेश, भदौ १३ गते (अगष्ट २७) बंगलादेश, भदौ १५ गते (अगष्ट २९) पुनः बंगलादेश र भदौ १७ गते (अगष्ट ३१) पुनः भुटानसँग खेल्ने तालिका छ ।
यसअघि एन्फा टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेठलाई मुख्य प्रशिक्षक, सहायक प्रक्षिकमा नरेश थापा, चन्द्रादेवी दाहाललाई एन्फाले टोलीको गोलकिपर प्रशिक्षक र म्यानेजरमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वकप्तान निरु थापालाई नियुक्त गरेको थियो ।
एन्फाका महासचिव किरण राईले आइतबार नै नवनियुक्त सहायक प्रशिक्षक मल्ललाई नियुक्ति पत्र हस्तान्तरण गरका थिए ।














विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया