रामेछापकी चाहानाले जितिन् मिस ग्राण्ड नेपाल २०२५ को उपाधि

काठमाडौं । मिस ग्राण्ड नेपाल २०२५ को उपाधि रामेछापकी चाहाना प्रधानले जितेकी छन्।
देशभरबाट प्रतिस्पर्धामा उत्रिएका दुई दर्जन बढी प्रतिस्पर्धीलाई उछिन्दै चाहाना उपाधिसहित ईभी स्कुटर हात पार्न सफल भएकी छन्।
त्यस्तै गरिमा गुरुङले मिस टुरिजम वर्ल्ड नेपाल २०२५, स्नेहा केसीले मिस सुपर ग्लोबल नेपाल २०२५ तथा सञ्जना गुरुङले मिस ग्राण्ड युनिभर्स नेपाल २०२५ को उपाधि हात पार्न सफल भएका छन्। सो अवसरमा चाहनासहित चारै विजेताहरूलाई नगद पुरस्कार, आकर्षक गिफ्ट ह्याम्पर, उपलब्ध गराइएको थियो।
फरक फरक विधामा छानिएका चार विजेताहरूले नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउने अवसर प्राप्त गर्ने आर के इन्टरटेन्मेन्ट ग्रुपका निर्देशक राम केसीले जानकारी दिए।
कार्यक्रममा देशभरका युवा प्रतिभाहरुको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपालको प्रथम उपराष्ट्रपति सम्माननीय परमानन्द झा, सभापति राजु रहँदा निर्णायकका रुपमा गीता गुरुङ, मिस पबी, सुस्मी कडेल, प्रमिला सिलवाल, आस्था शाखा, नवराज कोइराला तथा ग्रान्ड जजको रूपमा राम हरि सिलवाल रहेका थिए।















जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
China pledges support for Nepal’s economic transformation with new government
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
प्रतिक्रिया