भारतसँगको दोस्रो टेस्टमा इङ्गल्यान्डको राम्रो कमब्याक
मेरोन्यूज
२०८२ साउन ५ गते ७:५२

काठमाडौं । भारत र इङ्गल्यान्डको युवा टोली बीचको दोस्रो टेस्टमा इङ्गल्यान्डले राम्रो कमब्याक गरेको छ।
आइतबार दिनको सुरुवातमा नै भारतीय बलर हाबी भएका थिए। ४६ रनमा चार विकेट गुमाइ सकेको इङ्गल्यान्डका लागि कप्तान थोमस रेउ र एकांश सिंहले अर्धशतक प्रहार गरेका थिए।
सोही अर्धशतकसँगै पहिलो दिनको खेल सकिँदा इङ्गल्यान्डले सात विकेटको क्षतिमा २२७ रन जोडेको छ।इङ्गल्यान्डका दुई प्रारम्भिक ब्याटर बेन डकिन्स र एडम थोमसले अर्धशतक प्रहार गरे। मध्यक्रमका बेन मेयसले ३१ तथा रेउले ५९ रन प्रहार गरे। एकांश सिंहले ६६ रनमा अविजित छन्। मेयस र रेउले पाँचौँ विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए। सिंह र रेउले छैटौँ विकेटका लागि ९० रनको साझेदारी गरेपछि इङ्गल्यान्ड सम्हालिएको हो।
भारतका आदित्य राउत, आरएस अम्बरिस र नमन पुस्पकले दुईदुई विकेट लिएका छन्।
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया