भारतसँगको दोस्रो टेस्टमा इङ्गल्यान्डको राम्रो कमब्याक
मेरोन्यूज
२०८२ साउन ५ गते ७:५२

काठमाडौं । भारत र इङ्गल्यान्डको युवा टोली बीचको दोस्रो टेस्टमा इङ्गल्यान्डले राम्रो कमब्याक गरेको छ।
आइतबार दिनको सुरुवातमा नै भारतीय बलर हाबी भएका थिए। ४६ रनमा चार विकेट गुमाइ सकेको इङ्गल्यान्डका लागि कप्तान थोमस रेउ र एकांश सिंहले अर्धशतक प्रहार गरेका थिए।
सोही अर्धशतकसँगै पहिलो दिनको खेल सकिँदा इङ्गल्यान्डले सात विकेटको क्षतिमा २२७ रन जोडेको छ।इङ्गल्यान्डका दुई प्रारम्भिक ब्याटर बेन डकिन्स र एडम थोमसले अर्धशतक प्रहार गरे। मध्यक्रमका बेन मेयसले ३१ तथा रेउले ५९ रन प्रहार गरे। एकांश सिंहले ६६ रनमा अविजित छन्। मेयस र रेउले पाँचौँ विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए। सिंह र रेउले छैटौँ विकेटका लागि ९० रनको साझेदारी गरेपछि इङ्गल्यान्ड सम्हालिएको हो।
भारतका आदित्य राउत, आरएस अम्बरिस र नमन पुस्पकले दुईदुई विकेट लिएका छन्।
सम्बन्धित









आज मंसिर १० गते बुधबार, कस्ताे रहला तपाइकाे राशिफल ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज दिनभरको मौसम कस्तो रहला ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
प्रतिक्रिया