साफ यु-२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौं। २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज (सोमबार) नेपाल र आयोजक बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
आजको यो खेलले विजेताको टुङ्गो लाग्ने छ । खेल बङ्गलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ ।यस प्रतियोगितामा नेपाल र बङ्गलादेश दोस्रो पटक आमनेसामने हुन लागेका हुन् । आफ्नो दोस्रो तथा बङ्गलादेशसँगको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो । नेपालले भुटान र श्रीलङ्कालाई भने हराएको थियो ।
यसअघिका पाँच खेलमा बङ्गलादेश अपराजित रहँदै १५ अङ्कका साथ शीर्षस्थानमा छ भने १२ अङ्क भएको नेपाल दोस्रो स्थानमा छ ।प्रतियोगितामा विजेता बन्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । बङ्गलादेशलाई हराएको खण्डमा गोल अन्तरका आधारमा नेपाल विजेता बन्नेछ । तर बङ्गलादेशका लागि भने बराबरी गर्न सकेमात्रै पनि पर्याप्त हुनेछ ।
यसअघि, आज दिउँसो पौने ३ बजे भुटान र श्रीलङ्का भिड्ने छन् । भुटान ३ अङ्कसहित तेस्रो स्थानमा रहँदा श्रीलङ्का अङ्कविहीन हुँदै पुछारमा छ ।















वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
प्रतिक्रिया