शुक्रबार, पुष ४, २०८२

अवैध लागूऔषधसहित एयरपाेर्टबाट भारतीय नागरिक पक्राउ

मेरोन्यूज २०८२ साउन ५ गते १७:१९

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १४ किलो २ सय १० ग्राम सहित भारतीय नागरिक पक्राउ परेका छन् ।

३२ वर्षीय धर्मेस रसिकवाइ चुनारा सोमबार दिउँसो पक्राउ परेका छन् ।  थाई एयरलाइन्सको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ । 

प्रतिक्रिया