‘प्रो होण्डा जेनुईन ईन्जिन आयल’ अब नेपालमा पनि

काठमाडौं । नेपालका लागि होण्डा मोटर कम्पनीको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. ले ‘प्रो होण्डा जेनुइन इन्जिन आयल’ नेपाली बजारमा भित्र्याएर औपचारिक बिक्री सुरु गरेको छ। यस इन्जिन आयललाई कम्पनीले नयाँ ‘ग्लोबल होण्डा ब्राण्ड’ को रूपमा सार्वजनिक गरेको हो।
मोटरसाइकल र अन्य पावर प्रोडक्ट्सका लागि होण्डा मोटर कम्पनीले विकास गरेको यो आधुनिक र विश्वस्तरीय इन्जिन आयल नेपाली प्रयोगकर्ताका लागि गुणस्तरीय, भरपर्दो र कम्पनीकै जेनुइन समाधानका रूपमा प्रस्तुत गरिएको छ। यो इन्जिन आयल होण्डाका सवारी साधन र पावर प्रोडक्ट्स प्रयोग गर्ने ग्राहकहरूलाई अझ मजबुत र टिकाउ विकल्प दिनका लागि बनाइएको कम्पनीको दाबी छ।
प्रो होण्डा इन्जिन आयल इन्जिनलाई दीर्घकालीन टिकाउ बनाउने, वातावरण प्रदूषण कम गर्ने र इन्धनको खपत घटाउने उद्देश्यले तयार पारिएको हो। कम्पनीका अनुसार यसको प्रविधिले इन्जिनभित्र हुने घर्षण न्यून बनाउँछ, जसले गर्दा गाडीले कम पेट्रोल खपत गर्छ र मर्मत खर्च पनि कम लाग्छ। त्यसैगरी यस इन्जिन आयलमा खिया लाग्न नदिने विशेष गुण रहेकोले इन्जिनका पाटपुर्जाहरू जोगिन्छन् र इन्जिनको समग्र आयु लम्बिन्छ।
स्याकार ट्रेडिङ कम्पनीका अनुसार, प्रो होण्डा इन्जिन आयल वातावरणमैत्री हुनुका साथै किफायती पनि भएकाले नेपाली सवारीधनीहरूका लागि लाभदायक हुने विश्वास गरिएको छ। यसले इन्जिनलाई सुरक्षित राख्नुका साथै यसको कार्यक्षमता पनि बढाउने छ भन्ने कुरामा कम्पनी विश्वस्त छ।
हाल नेपाली बजारमा प्रो होण्डा इन्जिन आयल विभिन्न भेरियन्टहरूमा उपलब्ध छन्। यसमा १० डब्लु ३० एमए (नेपाल) १ लिटर, १० डब्लु ३० एमबी (नेपाल) ०.८ लिटर, ५ डब्लु ३० एमए (नेपाल) ०.६ लिटर, ५ डब्लु ३० एमबी (नेपाल) १ लिटर, र होण्डा हाई पर्फमेन्स इन्जिन आयल एसएई १० डब्लु ३० रहेका छन्।
यस नयाँ इन्जिन आयलको लन्चसँगै स्याकार ट्रेडिङ कम्पनीले नेपाली उपभोक्तालाई अझ गुणस्तरीय सेवा र उत्पादनको अनुभव दिने प्रतिबद्धता दोहोर्याएको छ। होण्डाको ५५ वर्षभन्दा लामो इतिहास बोकेको स्याकारले देशभरि आफ्ना उत्कृष्ट बिक्री र बिक्रीपछिका सेवाहरू मार्फत होण्डाको विश्वसनीयता कायम राख्दै आएको छ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
प्रतिक्रिया