पब्जी ‘ई-स्पोर्ट्स विश्वकप’मा नेपालले भाग लिँदै

काठमाडौं । नेपालको ‘टिम होरा ई-स्पोर्ट्स’ले साउदी अरेबियामा आयोजना हुने पब्जी मोबाईल ई-स्पोर्ट्स विश्वकपमा सहभागिता जनाउने भएको छ।
यही साउन ९ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाली पब्जी टोलीले भाग लिन लागेको ई-स्पोर्ट्स सङ्घ नेपाल (ईशान)द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइयो।
सङ्घका अध्यक्ष अन्जन धमला, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पब्जी मोबाइल ई-स्पोर्ट्स विश्वकप खेल्ने नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे।
सदस्य सचिव घिसिङले ई-स्पोर्ट्स खेलमा नेपालले पछिल्लो समय राम्रो सम्भावना देखाएको भन्दै विदेशी भूमिमा नेपाली खेलाडीले राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
पब्जी टोलीमा खेलाडीको रूपमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गर्नेछन्। यस्तै, टोलीको व्यवस्थापकमा उमेश बुढथापा, अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ सहभागी हुनेछन्।
काजकिस्तानमा गत महिना भएको पब्जी मोबाईल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहँदै होरा विश्वकपमा छनोट भएको थियो।















वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
प्रतिक्रिया