चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ८३ वन्यजन्तु मरे

चितवन,। चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु मरेका छन् । जसमध्ये ४५ वटा प्राकृतिक कारणले मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत आवमा २८ वटा गैँडा मरेका छन् । जसमध्ये १८ वटा प्राकृतिक कारणले, जुधेर तीन, विद्युतीय करेन्टबाट एउटा, बाढी पहिरोबाट दुई र दलदलमा फसेर तीन वटा मरेका छन् । एउटाको कारण खुलेको छैन ।
प्राकृतिक कारणले चितुवा एउटा, हात्ती पाँच वटा मरेका छन् । दुई हात्तीको मृत्युको कारण खुलेको छैन । एउटा बाघ जुधेर मरेको छभने अर्कोको कारण खुलेको छैन । चित्तल १२ वटा प्राकृतिक कारणले मरेका हुन् भने सडक दुर्घटनामा दुई चितल मरेका छन् । तारजालीमा परेर एउटा र कुकुरले टोकेर १६ चित्तल मरेका हुन् । जरायो तीन, रतुवा एउटा, घडीयाल गोही दुई, नीलगाई दुई, अजिङ्गर एक, स्याल एक, भालु एक र अन्य जनावर दुई वटा मरेका निकुञ्जले जनाएको छ ।
सोही समयमा १३५ वटा जनावरको उद्धार गरिएको छ । जसमा चार गैँडा, दुई बाघ, सात चित्तल, तीन कछुवा, ३७ सर्प रहेका छन् । त्यसैगरी अजिङ्गर ६१, मगर गोही ११, घडीयाल गोही दुई, गिद्ध दुई, गोहोरो एउट, नील बिरालो एउटा र अन्य दुई जनावरको उद्धार गरिएको छ ।















विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
प्रतिक्रिया