चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ८३ वन्यजन्तु मरे

चितवन,। चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु मरेका छन् । जसमध्ये ४५ वटा प्राकृतिक कारणले मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत आवमा २८ वटा गैँडा मरेका छन् । जसमध्ये १८ वटा प्राकृतिक कारणले, जुधेर तीन, विद्युतीय करेन्टबाट एउटा, बाढी पहिरोबाट दुई र दलदलमा फसेर तीन वटा मरेका छन् । एउटाको कारण खुलेको छैन ।
प्राकृतिक कारणले चितुवा एउटा, हात्ती पाँच वटा मरेका छन् । दुई हात्तीको मृत्युको कारण खुलेको छैन । एउटा बाघ जुधेर मरेको छभने अर्कोको कारण खुलेको छैन । चित्तल १२ वटा प्राकृतिक कारणले मरेका हुन् भने सडक दुर्घटनामा दुई चितल मरेका छन् । तारजालीमा परेर एउटा र कुकुरले टोकेर १६ चित्तल मरेका हुन् । जरायो तीन, रतुवा एउटा, घडीयाल गोही दुई, नीलगाई दुई, अजिङ्गर एक, स्याल एक, भालु एक र अन्य जनावर दुई वटा मरेका निकुञ्जले जनाएको छ ।
सोही समयमा १३५ वटा जनावरको उद्धार गरिएको छ । जसमा चार गैँडा, दुई बाघ, सात चित्तल, तीन कछुवा, ३७ सर्प रहेका छन् । त्यसैगरी अजिङ्गर ६१, मगर गोही ११, घडीयाल गोही दुई, गिद्ध दुई, गोहोरो एउट, नील बिरालो एउटा र अन्य दुई जनावरको उद्धार गरिएको छ ।









पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
स्वास्थ्यका लागि चिया कफी कत्तिको लाभदायक ?
मकवानपुरमा थपिए १४ हजार ६०३ नयाँ मतदाता
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
रविको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
प्रतिक्रिया