विश्वभरका पशुको कल्याणका लागि महायज्ञ गर्न ओडिसाका पण्डित पशुपतिमा

काठमाडौँ। विश्वभरका सबै पशुलाई पशुपतिनाथले कल्याण गरुन् भन्ने कामनासहित पशुपति क्षेत्रमा राम कथा महायज्ञ सञ्चालन भइरहेको छ ।
पशुपतिनाथले विश्वभरका सबै पशुको कल्याण गर्ने भन्दै भारतको ओडिसास्थित विश्व सनातन ट्रष्टले पशुपति क्षेत्रमा आएर राम कथाको आयोजना गरिरहेको हो । पशुपति क्षेत्रमा आएर महायज्ञ गर्दा पशुपतिनाथबाट विश्वभरका पशुको उन्नति हुने भन्दै गत आइतबारदेखि राम कथा महायज्ञ सुरु भएको हो ।
महायज्ञ गर्न भारतका विभिन्न स्थानबाट करिब दुई सयजना भक्तजन काठमाडौँमा आएका छन् । पशुपति क्षेत्रस्थित नेपाल–भारत मैत्री पशुपति धर्मशालामा पण्डित काशीनाथ मिश्रले राम कथा वाचन गरिरहेका छन् । यो महायज्ञ आगामी शनिबारसम्म सञ्चालन हुने ट्रष्टले जनाएको छ । यसबाट धार्मिक पर्यटन प्रवर्द्धन भएको कथास्थलमा भेटिएकी मनिषा निरौलाले बताइन् ।
महायज्ञमा दैनिक करिब पाँच सयजना सहभागी हुने गरेका छन् । दिउँसो ३ः०० बजेदेखि बेलुकी ७ः०० बजेसम्म कथा वाचन भइरहेको छ । ट्रष्टले सनातन धर्म, संस्कृतिको संरक्षणका लागि नेपाल, भारत, अमेरिका, क्यानडा, बेलायतलगायत देशमा यस्तो यज्ञ आयोजना गरिरहेको ट्रष्टका अध्यक्षसमेत रहेका पण्डित मिश्रले बताए ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
प्रतिक्रिया