‘रिड्डारा आरडी ६’ अब ९ लाख ९९ हजार डाउन पेमेन्टमा

काठमाडौँ । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा इलेक्ट्रिक पिकअप रिड्डारा आरडी६ का लागि नयाँ अफर सार्वजनिक गरेको छ। अब ग्राहकहरूले ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै उक्त इभी पिकअप आफ्नो बनाउन सक्नेछन्।
रिड्डारा आरडी६ 2WD मा ६३ kWh क्षमताको ब्याट्री, २०० kW पावर, र ३८५ Nm टर्क दिने सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ३७७ किमीको ड्राइभिङ रेन्ज प्रदान गर्छ।
Geely को MAP प्लेटफर्ममा आधारित यो पिकअपमा Independent Suspension जडान गरिएको छ, जसले नेपाली सडकमा अझै आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्छ।
यसमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक, र V2L (Vehicle-to-Load) प्रविधि जडान गरिएको छ, जसले गाडीमार्फत बाह्य उपकरण चार्ज गर्न सकिने सुविधा दिन्छ।
साथै, Comfort, Economy, Off-road जस्ता ३ ड्राइभ मोड, 360 Degree क्यामेरा, म्याट्रिक्स LED हेडलाइट, र ६६% हाई स्ट्रेन्थ स्टीलले बनेको मजबुत बडी यो गाडीका थप विशेषता हुन्।
यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक क्यासब्याक अफर, निःशुल्क एसेसोरीहरू र रु. ३ लाखसम्मको एक्सचेन्ज टप-अप बोनस पाउनेछन्।
सिजी मोटर्सले २६०+ चार्जिङ स्टेसनहरू र २०+ सेवा केन्द्रहरू नेपालको विभिन्न भू-भागमा संचालनमा ल्याएको छ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया