एनपीएलको अक्सन २४ गते, ४५८ खेलाडी दर्ता
मेरोन्यूज
२०८२ साउन १० गते १८:१७

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया सम्पन्न भएको छ।
क्यानले शनिबार जारी गरेको विज्ञप्तिमा अक्सनका लागि ४५८ जना नेपाली क्रिकेट खेलाडीहरूले नाम दर्ता गरेको जनाएको छ। त्यस्तै खेलाडी अक्सन साउन २४ गते हुने क्यानले जनाएको छ।
दर्ता भएका सम्पूर्ण खेलाडीहरूको विवरण प्रतियोगितामा सहभागी आठवटै फ्रेन्चाइज टोलीहरूलाई उपलब्ध गराइएको क्यानले जनाएको छ।
प्राविधिक समितिले तोकेको मापदण्ड र टोलीहरूले चाहेका खेलाडीको सूचीका आधारमा अक्सनमा सहभागी हुने अन्तिम नामावली प्रकाशन गरिनेछ।
सम्बन्धित









टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
प्रतिक्रिया