श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी नियन्त्रणमा
मेरोन्यूज
२०८२ साउन ११ गते १०:५८

कर्णाली। घरमा राखिएको काठको खुट्टा प्रहार गरी सुर्खेतमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।
गए राति वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेत सुगरखोलास्थित ४२ वर्षीय दानसिंह ठाडामगरले ४१ वर्षीया श्रीमती रविनालाई सुतिरहेको अवस्थामा खाटको खुट्टा बनाउन राखेको काठ टाउको प्रहार गरी घटनास्थलमा हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं मोहनजङ्ग बुढथापाले जानकारी दिए ।
रबिनाको घटनास्थलमा नै मृत्यु भएको भनीे स्थानीयले अस्थायी प्रहरी बिट कहरेखोलामा खबर गरेपश्चात तत्काल प्रहरी त्यहाँ पुगेर हत्या गर्ने ठाडामगरलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका ठाडामगरको थप अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, यस्ताे छ आज देशभरकाे माैसम
आज माघ ७ गते बुधबार, कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया