सानिमा रिलायन्सको स्टार एजेन्सी मिट २०८२ सम्पन्न

काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आव २०८१र८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरीय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट २०८२ सम्पन्न गरेको छ।
बनेपा, चाबहिल, कौशलटार र पाटन रिजनका अभिकर्तामध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टिम व्यवसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो ।
कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत नीराजन कँडेलले जीवन बीमा व्यवसायमा बीमा सल्लाहकारहरूको महत्त्व र अपरिहार्यता माथि प्रकाश पार्दै कार्यक्रमबाट सिकेका कुराहरूलाई व्यवहारमा उतारेर यस वर्ष कम्पनीलाई अझै नयाँ उचाइमा पुर्याउनु पर्ने बताए । साथै कम्पनीले आव २०८१र८२ मा रु ७०० करोडको बीमाशुल्क संकलन गर्न सफल भएकोमा उनले सम्पूर्ण अभिकर्ताहरूलाई धन्यवाद ज्ञापन पनि गरे।
कम्पनीका प्रमुख व्यवसाय अधिकृतहरूले बोल्दै अभिकर्ताहरूलाई आवश्यक सीप र कलाको बारेमा प्रस्ट परेका थिए । कार्यक्रममा क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुख सहित ७०० भन्दा बढी अभिकर्ताहरूको उपस्थिति रहेको थियो ।
त्यस्तै कौशलटार रिजनका उत्कृष्ट एजेन्सी म्यानेजर नमिता न्यौपाने, चाबहिल रिजनका रणबहादुर तामाङ, बनेपा रिजनका नारायण बहादुर गुरुङ र पाटन रिजनका योगेन्द्र महर्जनले आफूहरू उत्कृष्ट १ मा पर्न गरेको मेहनतको चर्चा गर्दै यस वर्ष पनि उक्त पदलाई यथावत् राख्ने लक्ष्य रहेको र त्यसै अनुरूप योजना सहित काममा परिचालित भएको बताए ।
कार्यक्रम ज्ञानवर्धक बनाउनको लागि नेपालका प्रख्यात स्पिकर सुदिप बस्नेतलाई आमन्त्रित गरिएको थियो । उनले बिक्री कलाको लागि अति उपयोगी बानीको आवश्यकता र महत्त्वको बारेमा चर्चा गरेका थिए।













समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
प्रतिक्रिया