ब्रेकिङ समाचार
सामुहिक राजीनामाबाट नेपाल पक्ष फर्कियो पछाडि, माधव नेपाल पक्ष अनुपस्थित मात्रै हुने

काठमाडौं । सत्तारुढ दल एमालेको वरिष्ठ नेता माधव नेपाल पक्षले सामुहिक राजीनामा दिने बताए पनि अन्तिम समयमा आएर राजीनामाबाट पछाडि हटेको छ । आज बिहान नेपाल पक्षका स्थायी समिति सदस्यहरुको र त्यसपछि सिंहदरबारमा बसेको सांसदहरुको बैठकमा नेपाल पक्षले तत्कालै सामुहिक राजीनामा नदिने निर्णय लिएको हो ।
नेपाल पक्षले प्रधानमन्त्री ओलीले संसदमा लिन लागेको विश्वासको मत दिने बैठकमा भने अनुपस्थित हुने निर्णय लिएको छ । ‘अहिले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनु गलत हुने भएकाले आजको बैठकमा उपस्थित नहुने निर्णय हामीले लिएका छौँ, ’नेपाल पक्षका नेता भीम रावलले भने, ‘आजको बैठकमा हामी उपस्थित हुँदैनौ ।’
प्रधानमन्त्री केपी ओलीको कार्यशैली र गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएको नेपाल पक्षले आज सामुहिक राजीनामा दिने बताउँदै आएको थियो । एमालेभित्र प्रधानमन्त्री ओली समूह र वरिष्ठ नेता माधव नेपाल समूहका बीचमा अस्वस्थ्य अन्तरसंर्घष चर्किरहेको छ । गत फागुन २३ मा तत्कालीन नेकपाको एकतालाई बदर गर्दै एमाले र माओवादी ब्यूँताइदिने आदेश सर्वोच्चले गरिदिएपछि एमालेमा पुन २०७५ जेठ २ मा पार्टीलाई फर्काउने या यही अवस्थाबाट अगाडि बढाउने भन्नेमा ओली र नेपाल समूहका बीचमा विवाद चर्काे थियो ।
नेपाल पक्षले नेकपाको एकता नै बदर भएपछि पार्टीलाई २०७५ जेठ २ मा फर्काएर त्यहीबाट अगाडि बढाउनु पर्ने बताउँदै आएको थियो । तर ओलीले भने फागुन २८ मा पार्टीमा आफू पक्षीय नेताहरुको मात्र बैठक राखेर माओवादी छोडेर एमालेमा समाहित भएका २३ नेतालाई केन्द्रीय समितिमा मनोनयन गरेर नेपाल पक्षका नेताहरुको पदीय जिम्मेवारी खोसेर पार्टी केन्द्रीय समितिलाई विघटन गरेर महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरिदिएका थिए ।
यही विवादका बीचमा ओलीले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पार्टीबाट ६ महिनाका लागि पार्टी सदस्यबाटै निलम्वन गर्ने निर्णय लिएका थिए । विश्वासको मत लिने बेलामा ओली पक्षका नेताले पार्टी विवाद मिलाउन निकट नेताहरुमार्फत चलाएको संवादले सहमति जुटन सकिरहेको छैन ।
प्रधानमन्त्री ओलीले पनि अन्तिम समयमा आउनुहोस् संवाद गरौँ, केही समस्या छन् भने पार्टीभित्रै बसेर छलफल गरौं भन्ने गरी सामाजिक सञ्जालमार्फत अह्रवान गरेका थिए । नेपाल पक्ष सामूहिक राजीनमाबाट पछाडि हटेपछि भने ओली तत्काल एमाले विभाजनको बाटोबाट जोगिएको छ ।
नेपालले हिजो साँझ ओलीलाई ६ बुँदे शर्त राखेर आज बिहान ९ बजेसम्मका लागि सच्चिन भन्दै अल्टिमेटम दिएका थिए । तर, नेपाल पक्षको त्यस्तो अल्टिमेटममा ओलीले कुनै सुनुवाई नगरेपछि नेपाल पक्षका सांसदहरुको सिंहदरबारमा अब के गर्ने भन्नेमा छलफल गर्न बैठकमा बसेका थिए ।
त्यसपछि उनीहरुले अहिले ओलीलाई विश्वासको मत दिने बैठकमा अनुपस्थित भएमात्रै पुग्ने अवस्था देखिएकोले तत्काल राजीनामावाट पछाडी हट्ने निर्णय यो समुहले लिएको हो ।
‘नेपालको संविधान, नेपालको लोकतन्त्रको मूल्य मान्यताको रक्षाका लागि हामीले अनुपस्थित हुने निर्णय गरेका हौं,’ नेता रावलले बैठकपछि भने, ‘संसद विघटन गर्ने, दल विभाजनको प्रयास गर्न्, भ्रष्टाचारको संरक्षण गर्ने र विश्वासको मत लिने एक दिनअघि संवैधानिक परिषद् बोलाएर नियुक्ति गर्ने प्रधानमन्त्री केपी लाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने राजनीतिक नैतिकतालाई ध्वस्त गर्ने र देश र राज्यलाई कमजोर तुल्याउने हुँदा हामीले संसदको बैठकमा अनुपस्थित हुने निर्णय गरेका छौं ।’
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया