पत्रकार पराजुलीको उपन्यास ‘बखान’ प्रकाशोन्मुख

चितवन । तत्कालीन राणाशासन र पञ्चायतका विरूद्ध आफ्ना छोराद्वय गुमाएका पात्र हुन् बखानसिंह गुरुङ । विसं २००७ को बन्दीपुर कब्जा गर्दा छोरा धर्मध्वज गुरुङ गुमाएका बखानले विसं २०१८ को भरतपुर काण्डमा दोस्रो छोरा लालध्वज गुरुङ पनि गुमाउन पुगे ।
तनहुँको पुलिमराङमा जन्मिएर चितवनको बस्ती विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका बखानसिंहको जीवन यात्रालाई उपन्यासमा समेटिएको छ । चितवनको ऐतिहासिक पृष्ठभूमिलाई समेटेर उठान हुने उपन्यास ‘बखान’ पत्रकार वसन्त पराजुलीले लेख्नु भएको हो । शिखा बुक्सद्वारा सो उपन्यास प्रकाशन हुन लागेको हो ।
शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले यही साउन अन्तिममा बखान उपन्यास बजारमा आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी प्रकाशनको अन्तिम तयारीमा छौँ । साउन अन्तिमसम्ममा किताब बजारमा ल्याउने हाम्रो तयारी छ । ” विसं २०१३ मा सहकारी संस्था स्थापना गरेका बखानसिंह र उहाँको परिवारमाथि त्यतिबेला राज्यपक्षबाट भएका ज्यादती, बखानसिंहले गरेका सङ्घर्षलाई उपन्यासमा समेट्ने प्रयास गरिएको छ ।
लेखक पाराजुलीले चितवनमा बस्ती विकास गरेको विषयसँगै तत्कालीन राजा महेन्द्रको निधन, चितवन राष्ट्रिय निकुञ्जमा सिकार गरेको इतिहासलाई पनि उपन्यासमा मुख्य विषयवस्तु बनाइएको जानकारी दिनुभयो । मायाप्रेम, राजनीतिक उतारचढाव, सामाजिक परम्परा, गुरूङ समुदायमा प्रचलित रोदी परम्परा, बसाइँसराइ लगायतका विषयलाई लेखकले औपन्यासिक रुप दिनुभएको छ ।
कतै न कतैबाट बखानसिंहको जीवन सङ्घर्ष उपन्यासको रुपमा पाठकले पढ्न पाउने उहाँको भनाइ छ । उनीहरु मलेरियासँग कसरी जोगिएर चितवन बचाए भन्ने कुरा पनि उपन्यासमा पढ्न पाइन्छ । यसका अलवा उपन्यासमा चितवनका आदिवासी थारुको संस्कृति, वेषभूषाका बारेमासमेत चर्चा उपन्यासमा गरिएको छ । कुमाता’ ‘मोम्चो’, ‘ड्रिमि आइज’ जस्ता कथासङ्ग्रहमार्फत पाठकमाझ पहिचान बनाएका पत्रकार पराजुली नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्षसमेत हुनुहुन्छ । पराजुलीको उन्यासिक आख्यान बखान पहिलो हो ।









आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया