गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर दुई युवाको निधन

रसुवा । गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार यसरी डुबेर मृत्यु हुनेमा बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल रहेका छन् । हिजो आइतबार पवित्र कुण्डमा स्नानका क्रममा बेपत्ता भएका दुवै जनाको शव आज निकालिएको छ ।
नेपाली सेनाको श्रीनाथगण, जिल्लास्थित सशस्त्र प्रहरी बल २० नम्बर गुल्म र नेपाल प्रहरीसहित स्थानीय होटल व्यवसायी समेतको सहयोगमा शव निकालिएको प्रहरी प्रमुख शाहीले जानकारी दिए। प्रतिकूल मौसमका कारण आज काठमाडौँबाट हेलिकोप्टर उड्न नसक्दा शवपरीक्षणका लागि राजधानी लैजान समस्या परेको प्रहरीले जनाएको छ ।
मौसम सफा रहेमा भोलि मङ्गलबार बिहान काठमाडौँतर्फ शव लैजान आवश्यक व्यवस्था गरिएको सिम्रिक एयरले जनाएको छ ।
समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको तालमा स्नान गर्ने क्रममा डुबुल्की मार्दा कडा चिसो पानीको असरले रन्थनिएर लड्न गई डुबेर मृत्यु भएको हुनसक्ने स्थानीयको भनाइ छ ।
एक जना लडेपछि अर्काे साथीले समात्न खोज्दा दुवैको ज्यान गएको समेत आकलन गरिएको छ ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया