गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर दुई युवाको निधन

रसुवा । गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार यसरी डुबेर मृत्यु हुनेमा बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल रहेका छन् । हिजो आइतबार पवित्र कुण्डमा स्नानका क्रममा बेपत्ता भएका दुवै जनाको शव आज निकालिएको छ ।
नेपाली सेनाको श्रीनाथगण, जिल्लास्थित सशस्त्र प्रहरी बल २० नम्बर गुल्म र नेपाल प्रहरीसहित स्थानीय होटल व्यवसायी समेतको सहयोगमा शव निकालिएको प्रहरी प्रमुख शाहीले जानकारी दिए। प्रतिकूल मौसमका कारण आज काठमाडौँबाट हेलिकोप्टर उड्न नसक्दा शवपरीक्षणका लागि राजधानी लैजान समस्या परेको प्रहरीले जनाएको छ ।
मौसम सफा रहेमा भोलि मङ्गलबार बिहान काठमाडौँतर्फ शव लैजान आवश्यक व्यवस्था गरिएको सिम्रिक एयरले जनाएको छ ।
समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको तालमा स्नान गर्ने क्रममा डुबुल्की मार्दा कडा चिसो पानीको असरले रन्थनिएर लड्न गई डुबेर मृत्यु भएको हुनसक्ने स्थानीयको भनाइ छ ।
एक जना लडेपछि अर्काे साथीले समात्न खोज्दा दुवैको ज्यान गएको समेत आकलन गरिएको छ ।















नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया