मंगलबार घट्यो सुनको भाउ, ताेलाकाे कति ?
मेरोन्यूज
२०८२ साउन १३ गते १२:०२

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुन तोलामा रू. ६ सयले घटेर रू. १,९३,००० मा कारोबार भइरहेको छ। अघिल्लो दिन (सोमबार) सुनको मूल्य तोलामा रू. १,९३,६०० रहेको थियो।
यता, चाँदीको मूल्यमा भने पाँच रुपैयाँको वृद्धि भएको छ। सोमबार प्रति तोला रू. २,२९५ मा कारोबार भएको चाँदी आज रू. २,३०० मा पुगेको छ।
यसैगरी, १० ग्राम सुनको मूल्य आज रू. १,६५,४६५ कायम भएको छ भने १० ग्राम चाँदीको मूल्य रू. १,९७२ रहेको छ।
सुनचाँदीका मूल्यहरू अन्तर्राष्ट्रिय बजार, विनिमय दर र माग–आपूर्तिको आधारमा दैनिक रूपमा घटबढ हुने गर्छन्।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया