मुख्यमन्त्री लामाले गुमाए संसदीय दलको नेताको हैसियत

हेटौंडा । बागमती प्रदेशअन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन्।
मंगलबार संसदीय दलको बैठकमा भएको मत विभाजनमा मुख्यमन्त्री लामाको पक्षमा कुल ३७ मतमध्ये १५ मत परेको हो । उनकाे अविश्वासको पक्षमा २२ मत परेको छ । यससँगै संसदीय दलको नेताबाट लामाले विश्वास गुमाएका हुन् ।
बागमती प्रदेश सभापति इन्द्र बानियाँको नेतृत्वमा २१ सांसदले मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको पक्षमा इन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुना देवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, विमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्यामबहादुर खड्का र कृष्णबहादुर तामाङले समर्थन गरेका थिए ।
यसैगरी मुख्यमन्त्री लामाको पक्षमा लामासहित कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, छेत्रबहादुर बम्जन, गिता गुरूङ, मसिना खड्का, तीर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गीले समर्थन गरेका थिए ।
















इरान युद्धमा ट्रम्पको कडा चेतावनी
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया