लागूपदार्थसहित २३ जना पक्राउ

काठमाडौँ । बितेका २४ घण्टामा देशका विभिन्न भागबाट लागूपदार्थसहित २३ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, ललितपुर, झापा, कैलाली, कञ्चनपुर, सप्तरी, कास्की, स्याङ्जा, सुनसरी, मकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना,भद्रपुर नगरपालिका–५ मेचीपुलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ बोकेका दुई जना, कञ्चनपुरको बेलौरी नगरपालिका–६ नकैयाबाट दुई जना कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट दुई जना, धनगढी उपमहानगरपालिका–१४ खुटिया टोलबाट दुई जनालाई पक्राउ गरिएको हो ।
सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बस्ने २७ वर्षीय रामकुमार साहलाई दुई किलो २५ ग्राम गाँजासहित एक जना,ललितपुर, महालक्ष्मी नगरपालिका–१ इमाडोलबाट दुई जना, पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कबाट एक, स्याङ्जा, गल्याङ नगरपालिका–१ राम्दिबाट एक जनालाई लागूऔषधसहित पक्राउ गरिएको जनाइएको छ ।
यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका–७ किरात चोकबाट सात जना, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ आदामारबाट एक जना पक्राउ परेका समाचारकक्षको आज दिउँसोको समाचार बुलेटिनमा उल्लेख छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया