प्रेस युनियनको एक सय दिने सदस्यता विशेष अभियान सुरु

काठमाडौं । नेपाल प्रेस युनियनले एक सय दिने ‘सदस्यता विशेष अभियान’ सुरुआत गरेको छ । प्रेस युनियन केन्द्रीय समितिको निर्णयअनुसार आज काठमाडौँ शाखामार्फत औपचारिक रुपमा अभियान सुरुवात गरिएको हो ।
प्रेस युनियनका अध्यक्ष शिव लम्साल, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही, प्रेस युनियनका सल्लाहकारद्वय तारानाथ दाहाल र धर्मेन्द्र झाले एक कार्यक्रमका बीच आफ्नो सदस्यता नवीकरण गरेर अभियानको शुभारम्भ गरिएको हो ।
नेपाल प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष महेश गौतमको अध्यक्षतामा सुरु भएको शुभारम्भ अभियानमा क्रियाशील सञ्चारकर्मीको मात्र सदस्यता नवीकरण र नयाँ सदस्यता दिने घोषणा गरिएको छ । सदस्यता विशेष अभियानले पुरानो सदस्यता व्यवस्थित गर्न र नयाँ क्रियाशील सञ्चारकर्मीलाई सदस्यता दिलाउन सहयोग पुग्ने प्रेस युनियनका अध्यक्ष लम्सालले जानकारी दिए ।
प्रेस युनियन सदस्यता विशेष अभियान साउन १४ गतेदेखि कात्तिक २१ गतेसम्म सञ्चालन गर्ने प्रेस युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए। सञ्चार क्षेत्रमा कार्यरत क्रियाशील सञ्चारकर्मीको मात्र सदस्यता नवीकरण गर्न र सञ्चारमाध्यममा कार्यरत रहेको प्रमाणसहित आवेदन दिएका आधारमा मात्र नयाँ सदस्यताको सिफारिस गर्न निर्देश गरिएको युनियनले जनाएको छ ।
शाखाले प्रदेश समिति हुँदै केन्द्रीय समितिमा पठाएका सदस्यता आवेदन तथा नवीकरण फारमसहितका आवश्यक कागजात तथा शुल्क बुझाएको आधारमा मात्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता स्वीकृत हुने युनियनले जनाएको छ ।
सदस्यता विशेष अभियान शुभारम्भ कार्यक्रममा नेपाल प्रत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही, नेपाल प्रेस युनियनका युनियनद्वय सल्लाहकार तारानाथ दाहाल र धर्मेन्द्र झा, प्रेस युनियनका उपाध्यक्ष सलोजा दाहाललगायतले सदस्यता अभियानका बारेमा धारणा राखेका छन् ।
सदस्यता अभियान सञ्चालन गर्न केन्द्रीय समितिले ७७ वटै शाखा, उपशाखा र प्रतिष्ठान शाखालाई सर्कुलर गरेको युनियनले जनाएको छ ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया