ब्रिटिस काउन्सिलको विश्वव्यापी अवार्डको अन्तिम प्रतिस्पर्धीमा कान्तिपुरकर्मी खड्का

काठमाडौं । बेलायती विश्वविद्यालयहरुमा उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई प्रदान गरिने ब्रिटिस काउन्सिलको ग्लोबल अवार्डको फाइनलिस्टमा कान्तिपुरकर्मी घनश्याम खड्का परेका छन् ।
यो सूचीमा नेपालका खड्कासहित दक्षिण अफ्रिका, नाइजेरिया, फिलिपिन्स, उज्जेकिस्तान, ग्रिस लगायतका २८ देशका विधार्थीहरु छनोटमा परेका छन् । बेलायतमा उच्च शिक्षा हासिल गरी आ-आफ्नो देशमा कार्यरत संसारभरमा १३ सय प्रतिस्पर्धीबाट खड्का छनोटमा परेका हुन् ।
यो सूचीबाट अन्तिममा तीन जना विजेताका रुपमा सम्मानित हुनेछन् । बेलायतमा अध्ययन गरेकाहरुले आ-आफ्नो देशमा पारेको प्रभाव, हासिल गरेको उपलब्धि र आफ्नो पेसा तथा समुदायमा पुर्याएको प्रभावका आधारमा ब्रिटिस काउन्सिलले प्रतिस्पर्धीहरुको छनोट गर्दछ । छनोटमा परेकाहरुमध्येबाट व्यावसायिक उपलब्धि र सामाजिक कार्य, व्यापार र नवप्रवर्तन, तथा संस्कृति र सृजनशीलता गरी तीन विधामा सम्मान प्रदान गरिन्छ । सन् २०१६ मा चेभनिङ स्कलरका रूपमा लीड्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय र युरोपेली मानवअधिकार कानुनमा एलएलएम गरेका खड्का संस्कृति र सृजनशिलता विधाको अन्तिम प्रतिस्पर्धीका लागि छानिएका हुन् ।
मानवअधिकार पत्रकारिता र पुस्तक लेखनका अतिरिक्त ‘माइण्डफुल लिभिङ’ अभियानका साथै उनले प्रवर्तन गरेको ‘राइट टु ह्याप्पिनेस’ दर्शनका लागि उनलाई यो अवार्डको लागि फाइनलिस्ट चयन गरिएको हो । उनी यस अवार्डका लागि फाइनलिस्टमा छनोट हुने एक्ला नेपाली हुन् ।विश्वविद्यालयको प्रतिनिधित्व गर्दै अन्तिम प्रतिस्पर्धीमा छनोट भएकामा खुसी व्यक्त गर्दै लिड्स युनिभर्सीटीले खड्कालाई बुधबार पत्र लेखेर बधाइ पनि दिएको छ ।
ब्रिटिस काउन्सिलले यस वर्षको अन्त्यमा लन्डनमा ‘ग्लोबल एलुम्नाइ अवार्ड’ समारोह आयोजना गर्नेछ, जहाँ विजेताहरूको नाम घोषणा हुनेछ ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया