नेपालमै पहिलो पटक ‘अन्तर्राष्ट्रिय फिनटेस एक्सपो’ आयोजना हुँदै

काठमाडौं। क्लासिक फिटनेस एकेडेमीले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय फिटनेस प्रदर्शनी अर्थात् ‘फिटनेस एक्स्पो, २०८२’ आयोजना गर्ने भएको छ ।
फिटनेससम्बन्धी बिजनेस कनेक्सन र नेटवर्किङ ग्रोथ गर्न क्लासिक फिटनेसको आयोजना तथा रिगल इभेन्टको व्यवस्थापनमा आगामी भदौ १४ गतेदेखि होटेल मल्लमा अन्तर्राष्ट्रियस्तरको फिटनेस प्रदर्शनी आयोजना हुन लागेको हो ।
क्लासिक फिटनेस एकेडेमीद्वारा प्रस्तुत गरिने ‘नेपाल फिटनेस एक्स्पो, २०८२’ नेपालकै पहिलो अन्तर्राष्ट्रियस्तरको फिटनेस प्रदर्शनी हो । भारत, मलेसिया तथा अन्य एसियाली मुलुकहरूबाट प्रसिद्ध फिटनेस इन्फ्लुएन्सरहरू र व्यावसायिक प्रतिनिधिहरू यस कार्यक्रममा सहभागी हुने भएका छन् ।
फिटनेस इन्फ्लुएन्सरहरू र व्यावसायिक प्रतिनिधिहरूबाट फिटनेससम्बन्धी सङ्क्षिप्त ट्रेनिङहरू र विशेषज्ञहरूबाट निस्शुल्क स्वास्थ्य परामर्श उपलब्ध गराइने छ ।
एक्स्पोमा नेपाली फिटनेस आइकनहरू राजेश शाही, महेश्वर महर्जन, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ तथा अन्तर्राष्ट्रिय फिटनेस सेलीब्रेटीहरू रोहित खत्री, नरेश सूर्या, युनिश शेख, सोनिया सिंह खत्री, रजत गोयल, बिन्दिया शर्मा र जेर्री कान टानलगायतको सहभागिता रहने छ ।
करिब तीन हजार जनाले अवलोकन गर्ने लक्ष्य राखिएको एक्स्पोमा फिटनेससँग चासो राख्नुहुनेहरू, प्रशिक्षक, खेलाडी, व्यवसायी र विभिन्न ब्राण्डका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहनेछ । शैक्षिक सेमिनार र कार्यशालाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्योगी आइकनहरूसँग ‘मिट एण्ड ग्रेट’ सेसनहरू यो एक्स्पोका मुख्य आकर्षणहरू हुन् ।
यस्तै, फिटनेस स्टलहरू र व्यापार प्रदर्शनी जस्तैस् फिटनेस गियर र उपकरण, पोषण पुरक उत्पादनहरू, हेल्थटेक इन्नोभेसन र नेपालका अग्रणी जिमखाना र फिटनेस केन्द्रहरूको सेवाबारे जानकारी पनि एक्स्पोको आकर्षणका रूपमा रहेका छन् ।

















एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया