दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते, एक गम्भीर

किमाथांका। यहाँको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
बा २ प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित देउराली घुम्तीमा सडकदेखि करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
घाइते हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ का २३ वर्षीय सविन विष्ट, धर्मदेवी– ७ का २५ वर्षीय भवानी कार्की, सात वर्षीया असीमित भारती, नौ वर्षीया हिरा भारती, ५६ वर्षीया रत्नमाया कटुवाल, १२ वर्षीय विष्णु कटुवाल, मनकुमार कटुवाल, ५२ वर्षीया धनमाया चापागाईं, धर्मदेवी-६ का ५२ वर्षीय श्रीमान तामाङ, १५ वर्षीया प्रतिमा कटुवाल, १६ वर्षीया सोममाया याईम, ३० वर्षीय सुजन कटुवाल ६२ वर्षीय दलबहादुर कार्की र धनकुटाको महालक्ष्मी नगरपालिका–१ का २४ वर्षीय विमल विक रहेका छन् ।
घाइतेमध्ये धर्मदेवी नगरपालिका–९ का २३ वर्षीय सविन विष्ट गम्भीर रहेकाले उहाँलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रनाउ बताए। अन्य घाइतेको बसन्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस दुर्घटना लगत्तै चालक सङ्खुवासभाको धर्मदेवी–६ का खेम महत फरार रहेको प्रहरीले जनाएको छ ।















तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया