देउवाको प्रश्न – अरुमाथि दोष थोपारेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनु हुन्छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको माहामारीमा परि जनता छटपटाइ रहेदाँ पनि सरकारले सुने नसुनै गरेर बसेको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिदैं प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका देउवाले प्रधानमन्त्री ओलीकै कारण आजको अवस्था आइपरेको बताएका हुन् ।
जनता संक्रमित भएर अक्सिजिन नपाएर जनता मरिरहेका छन् तर यस्तो अवस्थामा आफुले काम गरे भन्नु लजामर्दो कुरा हैन् ? उनले प्रश्न गरे । उनले हाम्रो पार्टीलाई कोरोनाको लडाइमा सहयोग गर्छु भन्दा पनि सरकारले नसुनेको बताए ।
उनले भने,“कोरोना संक्रमण बढी रहेको रहेको अवस्थामा बनिरहेको धरहरा उद्घाटन गर्ने । औषधि, खोपमा भ्रष्टाचार गरेको छ । सरकारले गैर जिम्मेवार र अमानविय व्यवाहार देखाय रहेको छ ।”
आफू कार्यकारी प्रधानमन्त्री हुने अनि अरुमाथि दोष थोपर्ने ? अरुमाथि गुनासो र दोष थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुहुन्छ ?’, देउवाले प्रश्न गरे ।
उनले प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको विपक्षमा मतदान गर्न आग्रह गरेका छन्।










आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया