सलमानको एक फिल्म बन्न २० वर्ष लाग्यो, बक्स अफिसमा सुपरफ्लप

मुम्बई । यतिबेला सलमान खान आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा छन् ।
गलवानको युद्धमा सुपरस्टार सिपाहीको भूमिकामा देखिने छन् । उनका फ्यानहरु उनको यो फिल्मको प्रतिक्षामा छन् । भाइजानको अघिल्लो फिल्म सिकन्दर बक्स अफिसमा नराम्रोसँग फ्लप भएकाे थियाे ।
अहिले सलमान आफ्नो अर्को फिल्मका लागि कडा मेहनत गरिरहेका छन् । तर आज हामी तपाईलाई सुपरस्टारको त्यो फिल्मको बारेमा बताउनेछौँ, जुन बन्न २० वर्ष लागेकाे थियाे तर रिलिजपछि बक्स अफिसमा नराम्रोसँग फ्लप भयो ।
सलमान खानका फिल्महरु बारे भनिन्छ कि बक्स अफिसमा फ्लप भएपनि उनीहरु १०० करोड क्लबमा सामेल हुन्छन् । १५ वर्षअघि सलमानको एउटा फिल्म रिलिज भएको थियो । जसमा उनले नयाँ अभिनेत्रीलाई लन्च गरेका थिए तर सिनेमा हलमा रिलिज भए पछि दर्शकले खासै रुचाएनन् । नायिकाले आफ्नो पहिलो फिल्म फ्लप दिने नाम पनि पाएकी छिन् ।
हामी सन् २०१० मा रिलिज भएको सलमान खानको फिल्म ‘वीर’को कुरा गर्दैछौं। यस फिल्म मार्फत सुपरस्टारले जरिन खानलाई लन्च गरेका थिए, जो कट्रिना कैफको जस्तो देखिन्छिन् । यो फिल्ममा अरु पनि धेरै स्टार थिए र सलमानले यो फिल्मबाट धेरै अपेक्षा गरेका थिए ।
यस फिल्ममा जरिनलाई देखेर मानिसहरूले उनलाई कट्रिनाको बडी फाेटाेकपी मानेका थिए। तर यो फिल्म बक्स अफिसमा फ्लप भयो । बलिउड बाहेक जरीनले पञ्जाबी, तेलुगु र तमिल फिल्ममा पनि काम गरिसकेकी छिन् ।
आईएमडीबीका अनुसार सलमानले फिल्म बन्नुभन्दा २० वर्षअघि वीरको स्क्रिप्ट लेखेका थिए । तर जब यो फिल्म बनेको थियो, बजेट पनि पूरा निकाल्न पनि सकेन । यो फिल्म बनाउन निर्माताले ६३ करोड रुपैयाँ खर्च गरेका थिए । तर, फिल्मले ४६ करोड मात्रै व्यापार गरेको थियो ।
यस फिल्ममा सलमान खान बाहेक सोहेल खान, मिथुन चक्रवर्ती र ज्याकी श्राफ महत्वपूर्ण भूमिकामा देखिएका थिए । यति मात्र होइन, फिल्ममा सलमानको दोहोरो भूमिका थियो । अन्तमा, जब उनको चरित्रको मृत्यु हुन्छ, उनी फेरि छोराको भूमिकामा देखिएका थिए ।
















सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
China pledges support for Nepal’s economic transformation with new government
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया