५ वर्षसम्म शून्य खर्च अफरसहित सार्वजनिक भयो ‘दिपल एस०७ आईसीए’

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आफ्नो लोकप्रिय एसयूभी दिपल एस०७ को अपग्रेडेड भर्सन ‘एस०७ आईसीए’ लाई नेपालमा सार्वजनिक गरेको छ ।
नेपालको लक्जरी ईभी सेग्मेन्ट नेतृत्व दिइरहेको दिपल एस०७ को यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचर मार्फत ईभीको अनुभवलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
दिपल एस०७ आईसीए भेरिएन्ट नयाँ एक्साइटिङ कलर नेबुला ब्लुमा पनि उपलब्ध हुनेछ । यो नयाँ कारको एलोइ ह्विललाई पनि अझ आकर्षक बनाइएको कम्पनीले जनाएको छ । दिपल एस०७ आईसीएमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ जसले ४ सय १० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिने छ ।

‘नयाँ दिपल एस०७ आईसीए अपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर ईभी हो,’ एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘नेपालमा सार्वजनिक भएको डेढ वर्षमै अहिले ९ सय ५० युनिट दिपल सडकमा गुडिरहेका छन् र यसले सेग्मेन्टको ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । यो नयाँ ईभीको सार्वजनिकीकरणले एमएडब्लू नेपालको ईभी क्रान्तिलाई नेतृत्व दिन प्रतिबद्ध छ भन्ने दर्शाउँछ ।’
नयाँ पुस्ताको कनेक्टिभिटीले पहिलेभन्दा स्मार्ट
कम्पनीका अनुसार नयाँ दिपल एपमा ग्राहकलाई कारसँग विनारोकतोक अन्तक्र्रिया गर्न मद्दत गर्छ । यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ ।
कारको झ्याल खोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिङको अवस्था बुझ्न र कारको लोकेसन ट्र्याक गर्न सकिन्छ । साथै, यसमा ४जी–५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, अमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा छ ।
लक्जरी र प्रविधिको नयाँ उचाइ
दिपल एस०७ आईसीएमा आफ्नो ट्रेन्डसेटिङ सुन्दरता र अत्याधुनिक प्रविधि मार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँ मानक स्थापित गर्ने कम्पनीको भनाइ छ । यसको टाइमलेस डिजाइन र १० भन्दा बढी अझै पनि अन्य ईभीमा नभएका इन्डस्ट्री फस्र्ट फिचरले दिपलको भिजन दर्शाउँछ ।
यसमा ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, हाइपर्फर्मेन्स क्वालकम ८१५५ चिप, एल२.५ अटोनोमस ड्राइभिङ एसिस्ट्यान्स सिस्टम, १५.६ इन्चको सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेमलेस डोर र फ्लस ह्यान्डल र १.९ वर्गमिटरको पानारोमिक ग्लास रुफले प्रिमियम क्याबिन एक्सपिरियन्स दिन्छ ।
‘जेरो अनरसिप कस्ट फर फाइभ इयर’ अफर
दिपल एस०७ र्आइसीएको लन्चकै अवसरमा एमएडब्लू वृद्धिले बेजोड स्किम ‘जेरो अनरसिप कस्ट फर फाइभ इयर’ सार्वजनिक गरेको छ । यो स्किममा ग्राहकले दिपल ईभीमा ५ वर्षसम्म कुनै खर्च गर्नुपर्ने छैन ।
दिपल एस०७ का ग्राहकले पाँच वर्षका लागि अटोप्लस इन्स्योरेन्स, पेरियोडिक मेन्टेनेन्स कस्ट, इलेक्ट्रिसिटी कस्ट र रोड ट्याक्स पाउने छन् । यो स्किम मार्फत ग्राहकले नेपालकै नम्बर १ लक्जरी ईभी दिपल एस०७ सहजैसँग खरिद गर्न सक्नेछन् ।
नयाँ दिपल एस०७ आईसीएले आफ्नो आइकनिक डिजाइन, इन्टेलिजेन्ट इनोभेसन र बेजोड अनरसिप स्किम मार्फत इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा आफ्नो नम्बर १ स्थानलाई निरन्तरता दिने अपेक्षा एमएडब्लू वृद्धिले गरेको छ ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
प्रतिक्रिया