बारामा ९ वर्षिया बालिका करणी आरोपमा युवक पक्राउ

बारा। बारा सिम्रौनगढ नगरपालिकास्थित ९ बर्षियाबालिकालाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
सिम्रौनगढ नगरपालिका–१० देवापुर टेन्टा टोल निवासी ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई ९ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले न्युज कारखाना लाई बताएका छन्।
पिडित बालिकाका परिवारजनले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले यादवलाई नियन्त्रणमा लिएको जनाएको छ। बालिकामाथि यौन दुर्व्यवहार तथा जबरजस्ती करणी गरिएको उल्लेख गर्दै पीडित पक्षले प्रहरीमा उजुरी दर्ता गरेका थिए।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बालिकामाथि यादवले गम्भीर आपराधिक कार्य गरेको पुष्टि हुनसक्ने देखिएको छ। पक्राउ परेका यादवमाथि हाल कसुरअनुसारको कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जानकारी दिएको छ।
यस घटनाले समुदायमा स्तब्धता फैलाएको छ भने स्थानीय स्तरमा बालबालिकाको सुरक्षाका विषयमा चिन्ता बढेको छ। प्रहरीले पिडित पक्षलाई आवश्यक सहयोग र संरक्षण प्रदान गरिरहेको जनाएको छ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया