बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला

काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डा. डिला संग्रौलाले बहुविवाहलाई कानूनी मान्यता दिने सरकारको प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन् ।
नेपाल महिला संघकी पूर्व अध्यक्षसमेत रहेकी संग्रौलाले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गर्दै बहुविवाह फौजदारी अपराधको रुपमा रहेकाले यसलाई संशोधन गर्ने कुरा अस्वीकार्य हुने उल्लेख गरेकी छिन् ।
विज्ञप्तिमा भनिएको छ– ‘बहुविवाह फौजदारी अपराध हो । बहुविवाह संशोधन प्रस्ताव नेपालको सामाजिक, सांस्कृतिक र नैतिक आधार विपरीत छ । मुलुकसामु थुप्रै महत्वपूर्ण विषयवस्तुहरू हुँदाहुँदै अहिले आएर ‘बेसमयको बाँसुरी’ किन बजाउन खोजियो, स्पष्ट छैन ।’
संग्रौलाले बहुविवाह लैङ्गिक समानता र मानवअधिकार विपरीत रहेको भन्दै महिलाको स्वाभिमान र आत्मसम्मानमा चोट पुग्ने र महिला–पुरुषबीच असमानता र विभाजन बढाउने पनि उल्लेख गरेकी छिन् । अहिले आउन लागेको भनिएको प्रस्तावित कानूनले आम महिलाको अपमान गर्ने पनि संग्रौलाको तर्क छ ।
अहिले बहुविवाहको कारण महिलाको सुरक्षा हुने भन्ने तर्क आफैँमा पितृसत्तात्मक सोचबाट निर्देशित रहेको बताउँदै एउटी महिलाको सुरक्षाको नाममा अर्की महिलाको आत्मसम्मान र अधिकारमाथि प्रहार गर्ने कानून बन्नु न्यायसम्मत नहुने पनि उनको तर्क छ ।
बहुविवाहलाई मान्यता दिनेगरी कानून बनाउँदा समाजमा महिलामाथिको हिंसा, घरेलु द्वन्द्व, यौन शोषण र असमानता बढ्ने र त्यसले नेपालको संविधान, सम्मानित सर्वोच्च अदालतका विगतका फैसला र नेपालले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरित हुने भन्दै मस्यौदा सदनमा प्रवेश गराउनु अघि नै तत्काल खारेज गर्न माग गरेकी छिन् ।
















काठमाडौं – ३ मा कुलमानले दर्ता गराए उम्मेदवारी
काठमाडौं ५ मा ईश्वर पोखरेलको मनोनयन दर्ता
बैतडीमा ३३ मतदानस्थल अति संवेदनशील
रुकुम पूर्व १ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता
बैतडीमा एमालेबाट दामोदर भण्डारीले गराए मनोनयन दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया