आइतबार, मंसिर ७, २०८२

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

मेरोन्यूज २०८२ साउन २० गते १०:२६

उदयपुर । उदयपुर गढी गाउँपालिका-७ मदन भण्डारी मार्गस्थित जोगी पोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३-०१००-६ख ०५६१ नम्बरको ट्रक सोमबार साँझ दुर्घटना हुँदा गोठालोबाट घर फर्कँदै गरेका उदयपुर रौतामाई-७ का ७२ वर्षीय टंकबहादुर लामिछाने मगरको  घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा ट्रकका सहचालक दोलखा कालिञ्चोक गाउँपालिका-४ का ४० वर्षीय गोमे दर्जी घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-१४ का ५४ वर्षीय नवराज राउतलाई नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया