बबई नदीको बीच भागमा फसेका दुई वृद्धको उद्धार

बर्दिया जिल्लाको गुलरिया नगरपापिका–५ बालापुरस्थित बबई नदीको बीच भागमा फसेका दुई जनाको साउन २० गते सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
सोही ठाउँ बस्ने ७५ वर्षिय मोतिलाल चौधरी र ६९ वर्षिय देवी प्रसाद थारु गाइवस्तु चराउन गएको समयमा एक्कासी पानीको बहाव बढेपछि सो नदिको बीच भागमा फसेका थिए।
सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक नविन थापाको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरूलाई मोटर बोटको सहायताले सकुशल उद्वार गरेको हो।
सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उद्वार गरिएको दुवै जनाको अवस्था सामान्य छ ।
त्यसैगरी बबई नदिमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरू डुबान पर्न सक्ने र ती स्थानमा उद्धारका लागि सशस्त्र परिचालन गरिएको छ।
बबई जलमापन केन्द्रमा जलसतह सतर्कता तह ७ दशमल १७ मिटर पुगेको छ भने पानीको सतह बढ्दो क्रममा रहेको छ। जहा पानीको सतह ६ दशमल ८० पुगेपछि खतरा लेबल मानिन्छ।
डुबानमा पर्नसक्ने क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दिया मातहत र नं. ३२ रक्तकाली गण सुर्खेत मातहतको सुरक्षा फौज आवश्यक विपद् व्यवस्थापन सामाग्रीसहित तयारी हालतमा राखिएको डीएसपी थापाले जानकारी दिए ।
















तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
NA Election: Voting to take place across all seven provinces today
आज पनि सुनचाँदीको मूल्यमा कीर्तिमान, कतिमा हुँदैछ काराेेबार ?
HoR elections 39 days to go: Candidates’ personal details made public
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया