भारतको उत्तराखण्डमा बाढीले बस्ती नै बगायो, ४ जनाको मृत्यु, ५० बढी बेपत्ता
मेरोन्यूज
२०८२ साउन २० गते १८:१७

काठमाडौं । भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले बस्ती नै बगाएकाे छ ।
भारतीय मिडिया दैनिक भास्करका अनुसार बाढीमा परी अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् ।
हर्षिलस्थित भारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटर टाढा रहेको उत्तरकाशीको धराली गाउँमा आरीघोप्टे वर्षापछि खीर गढ नालीमा मंगलबार दिउँसो भीषण बाढी आएको हो । यहाँ विगत २ दिनदेखि लगातार ठूलो पानी परिरहेको थियाे।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले आफूहरु परिस्थितिमा नजर राखिरहेकाे बताएका छन् ।
सम्बन्धित
















राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया