भारतको उत्तराखण्डमा बाढीले बस्ती नै बगायो, ४ जनाको मृत्यु, ५० बढी बेपत्ता
मेरोन्यूज
२०८२ साउन २० गते १८:१७

काठमाडौं । भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले बस्ती नै बगाएकाे छ ।
भारतीय मिडिया दैनिक भास्करका अनुसार बाढीमा परी अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् ।
हर्षिलस्थित भारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटर टाढा रहेको उत्तरकाशीको धराली गाउँमा आरीघोप्टे वर्षापछि खीर गढ नालीमा मंगलबार दिउँसो भीषण बाढी आएको हो । यहाँ विगत २ दिनदेखि लगातार ठूलो पानी परिरहेको थियाे।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले आफूहरु परिस्थितिमा नजर राखिरहेकाे बताएका छन् ।
सम्बन्धित
















कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा योगदानमा आधारित निवृित्तभरण सुरु
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
मधेस–प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान
पर्वतमा ८ वर्षमा २०४ किलाेमिटर सडक कालोपत्र
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
प्रतिक्रिया