कृष्ण विककाे ‘आँखा मार्ने’ मा नाजिर र प्रियंका (भिडियाे)
काठमाडौं । गायक तथा संगीतकार कृष्ण विकको ‘आँखा मार्ने‘ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।
विककै शब्द संगीतमा तयार भएको गीतमा महिला गायनमा मनीषा सुनारले साथ दिएकी छन्। एन एक्स मसको एरेन्जमा तयार भएको गीतको भिडियोमा नाजिर हुसेन र प्रियंका कार्की रोमान्टिक मुडमा देखिएका छन्। आँखा मार्नेबाट नै गायक तथा संगीतकार कृष्ण विकले भिडियो निर्देशनमा डेब्यू गरेका छन्।
यसअघि ‘यानीमाया’, ‘रातो टिकी’, ‘राधा पियारी’, ‘हजुर मुसुक्कै’ लगायतका गीतमा सफलता पाइसकेका कृष्णले यो पटक अझ बढी आशा राखेका छन्।
उनले भने, ‘अघिल्ला पटक वर्षको दुई गीत गर्दै आएको थिए । यो पटक यसै गीतको लागि वर्ष खर्चिएको छु । नाजिर र प्रियंकाको केमेष्टि दर्शकको रोजाइ बन्ला भन्ने अपेक्षा राखेको छु।‘
भिडियो कृष्ण विकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। २०५८ सालमा ‘सुन्दर सुदूरपश्चिम हाम्रो’ गीतबाट औपचारिक गायन यात्रा सुरु गरेका विकले सृजना, अडियो र भिडियोमा गुणस्तरीय काम गर्दै आएका छन्।


















मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
यूएईसँगको खेलमा नेपाल पराजित
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया