कृष्ण विककाे ‘आँखा मार्ने’ मा नाजिर र प्रियंका (भिडियाे)
काठमाडौं । गायक तथा संगीतकार कृष्ण विकको ‘आँखा मार्ने‘ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।
विककै शब्द संगीतमा तयार भएको गीतमा महिला गायनमा मनीषा सुनारले साथ दिएकी छन्। एन एक्स मसको एरेन्जमा तयार भएको गीतको भिडियोमा नाजिर हुसेन र प्रियंका कार्की रोमान्टिक मुडमा देखिएका छन्। आँखा मार्नेबाट नै गायक तथा संगीतकार कृष्ण विकले भिडियो निर्देशनमा डेब्यू गरेका छन्।
यसअघि ‘यानीमाया’, ‘रातो टिकी’, ‘राधा पियारी’, ‘हजुर मुसुक्कै’ लगायतका गीतमा सफलता पाइसकेका कृष्णले यो पटक अझ बढी आशा राखेका छन्।
उनले भने, ‘अघिल्ला पटक वर्षको दुई गीत गर्दै आएको थिए । यो पटक यसै गीतको लागि वर्ष खर्चिएको छु । नाजिर र प्रियंकाको केमेष्टि दर्शकको रोजाइ बन्ला भन्ने अपेक्षा राखेको छु।‘
भिडियो कृष्ण विकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। २०५८ सालमा ‘सुन्दर सुदूरपश्चिम हाम्रो’ गीतबाट औपचारिक गायन यात्रा सुरु गरेका विकले सृजना, अडियो र भिडियोमा गुणस्तरीय काम गर्दै आएका छन्।










जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
शीतलहर सुरु हुनु पहिले नै व्यवस्थापनको पूर्वतयारी
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रतिक्रिया