म्याक्ससको मिफा ७ एमपीभी सार्वजनिक, मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा म्याक्ससको मिफा ७ एमपीभी सार्वजनिक भएको छ ।
नेपालका लागि म्याक्ससको आधिकारिक बिक्रेता हिमालयन मोट्रक्सले बुधबार नाइमा मोबिलिटी एक्स्पोमा मिफा ७ सार्वजनिक गरेको हो ।
कम्पनीले मिफा ७ को मूल्य १ करोड २५ लाख रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो । नाइमा मोबिलिटी एक्स्पो भरी बुकिङ गर्ने ग्राहकले १० लाख रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।
यो मिफा ७ नेपालमा प्रिमियम कार चढ्नेहरूको लागि अत्यन्त उपयुक्त हुने कम्पनीको दाबी छ । ७ सिटर मिफा ७ मा ९० किलोवाट आवरको ब्याट्री छ । यसले एकपटको फुलचार्जमा ६३५ किलोमिटर रेन्ज दिने डब्लूटीपीले प्रमाणित गरेको छ । यो डीसी फास्ट चार्जरबाट चार्ज गर्दा ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ ।

मिफा ७ मा १८० किलोवाटको हाइ पर्फमेन्स इलेक्ट्रीक मोटर छ । यसले ३५० न्यूटन मिटर टर्क जेनेरेट गर्दछ ।
मिफा ७ मा स्लाइडिङ ढोका, एईर्बी, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन कीप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, अडष्टिभ कुज कन्ट्रोल जस्ता सुरक्षा फिचर्स छन् । यसले युरो एनक्यापमा ५ स्टार रेटिङ पाएको छ ।
प्रिमियम डुयल १२.३ इन्च डिजिटल डिस्प्लेका साथै अड्वान्स्ड मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरामिक सनरूफ छ ।कम्पनीले मिफा ७ को ब्याट्रीम ८ वर्ष वा २ दुई लाख किमी र मोटरमा ५ वर्ष वा १ लाख किमीको वारेन्टी दिएको छ ।

















बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
उद्योगी व्यवसायीलाई रविले भने– डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं
चार देशका अटोमोबाइल फेडेरेसन प्रवेश गरे ड्रोन र भर्टिकल मोविलीटीमा
बागलुङमा एक करोडमा वडा कार्यालय भवन निर्माण
द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया