धनुषामा सशस्त्र प्रहरी र तस्कर समूह बिच झडप, ४ राउण्ड हवाई फायर

काठमाडौं । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूह बीच झडप भएको छ ।
जिल्लाको विदेह नगरपालिका–२ दुहवीस्थित आँप बगैचामा साउन २१ गते साँझ करीव सवा ८ बजेको समयमा भारतबाट अवैध रुपले ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा झडप भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुबाट डिएसपिको कमाण्डमा रहेको सुरक्षा फौजले उक्त तस्करिको सामान नियन्त्रणमा लिन खोज्दा तस्कर र स्थानीय वासिन्दा जम्मा भई सुरक्षा कर्मी माथी ढुङ्गामुढा प्रहार गरेका थिए ।
स्थितिलाइ नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरि बलले एसएलआर बाट ४ राउण्ड हवाई फायर गरेको छ । झडपका क्रममा स्थानीयले तस्करिको केही सामान लुकाएका छन् भने एउटा मोटरसाईकल र केही किरान सामान नियन्त्रणमा लिइएको छ ।
बरामद सामान तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।










कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट
एनआईसी एशिया बैंककाे सम्पत्ति लिलाम बिक्रीसम्बन्धी जानकारी लिलाम बिक्री पोर्टलमा
पोखरामा प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर
सरकारी कार्यालयमा हप्तामा एक-दुई दिन परम्परागत पोशाक लगाउने व्यवस्था गर्नुपर्छ : प्रधानमन्त्री कार्की
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया