दाङमा दुईवटा सवारी साधन दुर्घटनामा एक जनाको मृत्यु

देउखुरी (दाङ) ।दाङ दुईवटा सवारी साधन (मोटरसाइकल) एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् । घोराही– तुलसीपुर सडकखण्डको तुलसीपुर–१८ दुधरासमा तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लुप्र०२–००१प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु३४प ५४०६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी राप्ती गाउँपालिका–५ लठ्ठहवाका ४६ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ । उनीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा शनिबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहीले जानकारी दिए ।
त्यस्तै दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका–५ का २७ वर्षीय नवराज पौडेल मोटरसाइकलमा पछाडि सवार बारा विश्रामपुर गाउँपालिका–२ घर भई हाल तुलसीपुर–५ मा बस्ने १८ वर्षीय रोशन पण्डित घाइते हुनुभएका छन् । घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने
आगलागीले निस्सासिएकी वृद्धाको उद्धार
कहाँकहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय ?
पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
प्रतिक्रिया