दाङमा दुईवटा सवारी साधन दुर्घटनामा एक जनाको मृत्यु

देउखुरी (दाङ) ।दाङ दुईवटा सवारी साधन (मोटरसाइकल) एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् । घोराही– तुलसीपुर सडकखण्डको तुलसीपुर–१८ दुधरासमा तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लुप्र०२–००१प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु३४प ५४०६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी राप्ती गाउँपालिका–५ लठ्ठहवाका ४६ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ । उनीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा शनिबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहीले जानकारी दिए ।
त्यस्तै दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका–५ का २७ वर्षीय नवराज पौडेल मोटरसाइकलमा पछाडि सवार बारा विश्रामपुर गाउँपालिका–२ घर भई हाल तुलसीपुर–५ मा बस्ने १८ वर्षीय रोशन पण्डित घाइते हुनुभएका छन् । घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई
कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्को निर्णय
नवनियुक्त प्रधानमन्त्री शाहलाई पाकिस्तानको बधाई
सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया